ईटा भट्टाले सहर तथा राजधानीको वातावरण प्रदूर्षण गरेको छ।
बढ्दो सहरीकरणसँगै काठमाडौँ उपत्यकामा प्रदुर्षण निम्तिनुको प्रमुख कारण ईटा भट्टा देखिन थालेको छ।ईटा भट्टा संचालनले जमिनलाई त नोक्सान गर्छ नै;वायुप्रदूर्षण पनि बढी नै गरेको देखिन्छ।धुँवा र धुलोमुक्त सहर बनाउनु आजको अपरिहार्यता हो।
तर,ईटा बनाएपछि भट्टामा पोल्नै पर्यो धुँवा निस्कि हाल्छ।नेपालसरकारले थोत्रा गाडीलाई उपत्यकाबाट धुँवा फाल्यो भनेर हटाउँछ।के ईटा भट्टाले धुँवा फाल्दै न त ?हुन त कुनै एक ठाउँबाट छ सात महिनाका लागि जग्गा भाडामा लिएर काँचो ईटा पोको पारी अर्कै ठाउँमा ईटा पोल्न ल्याउने काम हुनाले पनि तत्काल पुराना ईटा भट्टाहरु वायुप्रदूर्षणको आरोप लागे
पनि बन्द नहुने देखिन्छन्।भूकम्पीय प्रभावपछि उपत्यकामा प्रशस्त घरहरु निर्माण गरिएका छन्।त्यसैले पनि ईटाको माग बढ्दो रहेको छ।घर निर्माण अनुपातमा भट्टाहरु खुल्नु वा बजारिकरण हुनु एकातर्फ ठिकै रहेको देखिन्छ नै तर अर्कातिर सरकारी नीतिले अबको केही वर्षमा भट्टा मालिक खाली जग्गा नपाएर विस्थापित हुनुपर्ने अवस्था आउने संकेतको अनुमान पनि सजिलै लगाउन सकिन्छ।किनकि ईटा भट्टा ले वायु प्रदूषण निम्त्याइरहेछ।