मेलम्ची आउला र काठमाडौंमा पानीको हाहाकार मेटिएका भनेर उपत्यकाबासीले ढुंगेधारा धाउन पर्दैन् भन्ने कुरा गलत साबित भएको छ।गतसाल नै मेलम्ची आउँछ भनेर उपत्यकाबासीले सरकारी हल्ला सुनेपनि भूकम्पीय राहात झैँ अझैँ पानी कुर्नुपर्ने महशुस हुन थालेको छ।यो तस्बीर न्युज किरणले पाटनको रिपोर्टिङका क्रममा लिएको हो।
काठमाडौं र ललितपुरको विभिन्न ठाउँमा प्रशस्त ढुंगेधारा छन् जसमा बर्खामास पानी बगेपनि हिउँद र पानी तिरैतिर मात्रै बहन्छ।अघिल्लो मेलम्चीको पानी आउने हल्लासँगै एक स्थानीयले ढुंगेधारा पनि बढ्ने भनेका थिए तर नधारामा पानी बढ्यो न मेलम्ची आइपुग्यो।पाटनका अधिकांश घरधनीहरुले पानी किनेर खान्छन्।आफूले पानी किनेसँगै भाडामा बस्नेहरुले झनै संकट व्यहोर्नु परेको जनगुनासो चल्न थालेको छ।एक भाडामा बस्ने व्यक्तिको गुनासो छ ढुंगेधारामा पानी आउँदैनन् घरबेटीले पानी दिदैनन्।
ललितपुरमा २ सय बढी ढुंगेधारा छन्।यी धाराहरु बर्खामा चुनावी नेताझैँ उरालिएर बग्छन्।हिउँदमा भने कि ठ्याप्प सुक्ने कि तिरतिर बग्ने खालका देखिन्छन्।ढुंगेधाराहरु पाटन सुन्धारा,कुम्भेश्वर,सिन्चाहिंटि,धोबीघाट,छायबहाल,कनिबहाल,त्यागको लगायत अन्य ठाउँहरुमा प्रशस्त छन्।