मन्थली बचत २३ वर्षमा ८५ करोड पूँजी

रामेछापको सदरमुकाम मन्थलीमा संचालित मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको २३ बर्ष पूरा गरेको छ । संस्थाले आफ्नो स्थापनाको २३ बर्ष पूरा भएको अवसरमा सोमबार मन्थलीमा एक कार्यक्रमको आयोजना गर्यो।
बरिष्ठ साहित्यकार स्व. जगदीश घिमिरेको अगुवाईमा २०५४ सालमा स्थापना भएको मन्थली बचत तथा ऋण सहकारी संस्थाको हाल १३ हजार १८ जना कुल सदस्य छन् ।

तामाकोशी सेवा समितिमा कार्यरत ११ जना अगुवाहरुले ११ हजार पूँजीबाट उक्त बचत संस्था स्थापना गरेको थियो ।
आफ्नो कार्य सम्पादनको अवस्थाका बारेमा जानकारी गराउँदै सहकारी संस्थाका अध्यक्ष ध्रुब प्रसाद सुवदीले संस्थाको २३ वर्षे अवधीमा ८५ करोड रुपैयाँ पूँजी भएको जानकारी गराइएका थिए ।

अध्यक्ष सुवेदीले सहकारीले आर्थिक अवस्था कमजोर भएकाहरुको जीवन स्तर उकास्न आर्थिक तथा क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए ।संस्थाका कोषाध्यक्ष टीकाप्रसाद भट्टले सहकारीले यो अवधीमा ८५ करोड कुल पूँजी, साँढे ६७ करोड बचत, ८ करोड ७० लाख शेयर रकम र ६२ करोड रुपैयाँ ऋण लगानी गरेको जानकारी गराएका थिए । त्यसैगरी संस्थाका सचिव गोविन्द घिमिरेले सदस्यहरुलाई थप सहज बनाउँन चाडै एटिएमको व्यबस्था गरिने बताएका थिए।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सदस्य बद्री नयाँघरे , नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, संस्थाका उपाध्यक्ष रामचन्द्र वियोगी र लेखा सुपरिवेक्षण समितिका संयोजक टंक प्रसाद दाहालले क्रमशः कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब पूजी पुर्याउने योजना कार्यक्रम राखिएको थियो भने ध्रुब प्रसाद सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

newskiran.com

newskiran.com

You May Also Like