दर्शनशास्त्री चैतन्यलाई ह्रदय चन्द्र सिंह पुरस्कार

नेपाली क्रान्तिका दर्शन नायक मोहन वैद्य (किरण)लाई साहित्य सदन नेपालले यस वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’गर्ने भएको छ। वरिष्ठ मार्क्सवादी सौन्दर्यचिन्तकका रुपमा परिचित मोहन वैद्य ‘चैतन्य’लाई साहित्य सदनले सम्मान गर्न लागेको हो। साहित्य सदनका सचिव मित्रला पंगैनीका अनुसार‘राजनीतिक वृत्तमा ‘किरण’ उपनामले सुपरिचित मोहन वैद्य साहित्यमा ‘चैतन्य’ नामले चिनिन्छन् ।

मार्क्सवादी कलासाहित्य तथा सौन्दर्यचिन्तनका‘हिमाली दर्शन’ नामक कृतिले अघिल्लो वर्ष मदन पुरस्कारका लागि छानिएको चर्चा चलेको थियो । सौन्दर्यचिन्तन तथा समालोचनाका क्षेत्रमा हालसम्म वैद्यका ‘मार्क्सवादी कलादृष्टि र समीक्षा’, ‘क्रान्ति र सौन्दर्य’, ‘समीक्षा र सौन्दर्य’ ‘मार्क्सवाद र संस्कृति’ र ‘मार्क्सवादी सौन्दर्यचिन्तन’ तथा दर्शनका क्षेत्रमा ‘सङ्घर्षको दर्शन’ र ‘हिमाली दर्शन’ जस्ता राजनीतिक नेता कार्यकर्ताले नपढि नहुने कृतिहरू प्रकाशित भइसकेका छन् ।’

सम्मानित हुने अर्का प्रतिभा तथा श्रष्टा कविता पौडेलको जीवन र साहित्यिक योगदानका बारेमा भनिएको छ– ‘यस वर्षको ‘गोपालप्रसाद रिमाल पुरस्कार’ वरिष्ठ आख्यानकार तथा कवि कविता पौडेललाई प्रदान गरिने भएको छ ।सामाजिक जीवनमा पर्ने र परिआउने जुनसुकै काम महिलाले पनि पुरुषले जत्तिकै कुशलतापूर्वक सम्पन्न गर्न सक्छन् ।

हलो जोत्ने, मलाम जाने, घर छाउने तथा खसी काट्ने जस्ता कामहरू गरी समाजमा व्याप्त रुढिग्रस्ततालाई ठाडै हाँक दिने साहसी महिलाका रूपमा इतिहास बनाउनु भएकी कविता पौडेल नेपाली साहित्यमा आख्यानकार तथा कविका रूपमा सुपरिचित हुनुहुन्छ । सामाजिक जीवनका जल्दाबल्दा विषयमा कलम चलाउने उहाँका ‘काँडाघारीको यात्रा’ संस्मरण, ‘बाल चित्कार’, ‘छोरीको चिठी’, ‘हिरा’, ‘छाउपडी’ र ‘मुना’ उपन्यास र ‘नयाँ बिसाउनी’ खण्डकाव्य प्रकाशित छन् ।’

newskiran.com

newskiran.com

You May Also Like