हिन्दु महासंघका अध्यक्षको हत्या

अन्तर्राष्ट्रिय हिन्दू महासभाका अध्यक्ष रञ्जित बच्चनको गोली हानेर हत्या भएको छ।उत्तर प्रदेशको राजधानी लखनउमा पर्ने हजरतगञ्ज क्षेत्रमा मर्निङ वाकका लागि निस्केका अध्यक्ष बच्चनको आइतबार बिहान अज्ञात समूहले गोली हानेर हत्या गरेको हो। भारतीय सञ्चार माध्यमले उनको हत्याबारे समाचार प्रकाशन गरेका छन्।

गोली प्रहारबाट बच्चनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। हाल उनको शव पोष्टमार्टमका लागि लगिएको छ । गोली प्रहारबाट उनीसँग रहेको अर्का एक जना घाइते भएका छन्। घाइतेको अवस्था खतरामुक्त रहेको भनिएको छ।
हत्या कसले र किन गर्यो भन्ने केही खुलेको छैन्। घटनाबारे अनुसन्धान सुरु गरिएको त्यहाँको प्रहरीले जनाएको छ।गत वर्ष हिन्दूवादी नेता कमलेश तिवारीको अज्ञात समूहले हत्या गरेको थियो।यो हिन्दुवादीमाथिको द्वितीय प्रहार मानिएको छ।

newskiran.com

newskiran.com

You May Also Like