ललितपुरमा शनिबार बत्ती काटिने

ललितपुरका केही ठाउँमा शनिबार बिहानदेखि नै लोडसेडिङ हुने बताइएको छ । पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरण गरिएको ११ केभी लाइनमा सेक्सनलाइजर राख्ने तथा जम्परहरु मर्मत गरेर फिडर सुधार गर्नुपर्ने भएकोले ६ घण्टा लोडसेडिङ हुने छ ।

शनिबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म जम्मा ६ घण्टा बत्ती निभाइने पुल्चोक वितरण केन्द्रले भनेको छ ।

केन्द्रबाट न्युजिरणलाई प्राप्त जानकारी अनुसार पुल्चोक फिडर अन्तर्गत बल्खु, सानेपा साँचल, सानेपा चोक, प्रधान सेनापति निवास, झम्सीखेल चोक, सीजी कार्यालय क्षेत्रलगायतका ठाउँमा बत्ती काटिने भएको हो। ।

newskiran.com

newskiran.com

You May Also Like