संस्थागत एवम निजी विद्यालयमा कार्यरत उपत्यकामा रहेका शिक्षक हरुको आधिकारिक छाता संगठन(इष्टु)ले माघ २५ गते गोदावरीमा पिकनिकको आयोजना गरेको छ।इष्टुका केन्द्रिय अध्यक्ष होम कुमार थापाका अनुसार देवी दत्त पौडेलले समन्वय गर्ने र काठमाडौँ ललितपुरका अध्यक्षहरु व्यवस्थापन समिति बन्ने
बुझिएको छ।त्यस्तै फागुन ३ गते केद्रिय समितिले बृहत अन्तरक्रिया गर्ने एक केन्द्रिय सदस्यले न्युज किरण अनलाइन लाई बताए।
२०७६/१०/१६ मा उपत्यकामा हुनु भएका र तत्काल उपलब्ध रहनु भएका इस्टु राष्ट्रिय समिति र काठमाडौ /ललितपुरका अध्यक्ष/उपाध्यक्ष सहितको बैठक ISTU को रा.समितिको कार्यलय बानेश्वरमा बस्यो। उक्त बैठकले निम्न अनुसार छलफल गरि तपसिलका निर्णयहरु पारित गर्यो:
(१)यहि माघ २५ गते उपत्यका स्तरीय पिकनिकको आयोजना गर्ने,पिकनिकको शुल्क रु १०००/-,स्थान:गोदावरी ; राष्ट्रिय समितिबाट समन्वयको जिम्मेवारी उपाध्यक्ष श्री देवी दत्त पौडेलले गर्ने र काठमाडौ /ललितपुरका जिल्ला समितिले व्यवस्थापन गर्ने।
(२)२०७६ फाल्गुन ३ गते सरोकारवालाहरु सँग निजी विद्यालयहरुमा कार्यरत शिक्षक /कर्मचारीहरुका समस्याहरुको बारेमा बृहत अन्तरक्रिया गरेर आन्दोलन को थालनी गर्ने।त्यस पछि बस्ने सचिवालय बैठ्कले आन्दोलनका अन्य कार्यक्रम तय गर्ने;जिल्ला समितिको बैठ्कबाट कुनै पनि जिल्लाहरुले आआफ्नो जिल्लामा प्रदेश र राष्ट्रिय समितिको परामर्शमा आन्दोलनका कार्यक्रम तय गर्न सक्ने छ्न् ,सहमति/ सम्झौता गर्दा संगठनको उदेश्य सँग नबाझिने गरि गर्नुपर्ने छ।
(३)बिराटनगरमा सम्पन्न पूर्ण बैठकबाट गरिएका निर्णयहरुको मातहतका समितिहरुलाई उपयुक्त माध्यमद्वारा परिपत्र गर्ने।
तस्बीर क्लीक/न्युज किरण डटकम
(४)संगठन बिस्तार तथा सुदृढीकरणका निम्ति संगठन बिभागले कार्ययोजना बनाउने र सचिवालयले अनुमोदन गरि कार्यान्वयन गर्ने।
(सपूर्ण निर्णयहरु माईनुटिङ गरिएको व्यहोरा अनुरोध छ):-
होम कुमार थापा