स्वास्थ्य एजेन्सीको आपतकाल

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले बिहीबार कोरोनाभाइरसको महामारीलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । एक हप्ताको अन्तरमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या १० गुणा वृद्धि हुँदै छ।त्यसैले पनि डब्लुएचओले आपतकाल घोषणा गरेको छ ।


कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या हाल २ सय १३ पुगेको हो ।शुक्रबार बिहानसम्ममा चिनियाँ स्वास्थ्य आयोगको जानकारी तथ्यांक अनुसार यस रोगबाट संक्रमित हुनेको सङ्ख्या ९ हजार ६ सय ९२ पुगिसकेको बताई सकिएको छ ।

संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सीले अन्तर्राष्ट्रिय अपातकाललाई ‘असाधारण घटना’ भनेर परिभाषित गर्छ।अन्य देशमा पनि जोखिम रहेको र सङ्गठित अन्तर्राष्ट्रिय प्रतिक्रियाको आवश्यकता महशुस रहेको उल्लेख छ ।

त्यसो त चीनमा जे भइरहेको छ त्यही कारणले मात्र यो घोषणा गरिएको भने होइन्। डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेइससले भने अन्य देशमा के भइरहेको त्यसको लागि हो ।’कमजोर स्वास्थ्य प्रणाली भएको देशमा यो भाइरस फैलन सक्नेमाउनले चिन्ता व्यक्त गरेका छन् ।

डब्लुएचओले अन्य १८ देशमा ९८ जनामा यो भाइरसको संक्रमण देखापरेको भनेको छ । जसमा धेरै जसो संक्रमितहरु चिनियाँ सहर वुहानबाट यात्रा गरेको पाइएको हो ।

जर्मनी, जापान, भियतनाम र अमेरिकाका ८ जना बिरामीमा भने मानिसबाट मानिसमा सरेको पाएपछि डब्लुएचओका प्रमुखले कोरोनाभाइरसको संक्रमण रोक्नका लागि चिनियाँ सरकारले अपनाएको उपायहरुको पनि उनले प्रशंसा गरेका छन् ।

डब्लुएचओले यसअघि पाँच पटक यस्तो आपतकालको घोषणा गरेको थियो । सन् २००९ मा स्वाइन फ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका र सन् २०१४ र १९ मा इबोला भाइरसको महामारी फैलिँदा यस्तो घोषणा गरिसकेका उदाहरण छन्।

newskiran.com

newskiran.com

You May Also Like