कतिपय अभिभावक अनपढ छन्।उनका बालबच्चा स्कुल बिदाको दिन समय कटाउन गाह्रो भएपछि नमुना तास खेल्न व्यस्त हुन्छन्।नेपाल सरकारले अहिले मानव अधिकार,बाल अधिकार र जनावरको अधिकार विधेयक पारित गरिसक्यो।यता तस्बीरमा भने पढ्ने बच्चाहरु फुर्सत भयो कि खेल यसरी खेली हाल्छन्।यो तस्बीर घुम्दा घुम्दै अभियानमा न्युजकिरण डटकमले क्लीक गरेको हो।
नमुना तास खेल्ने बच्चाहरु आफ्नो शिक्षकको आँखा छलेर विद्यालय भित्रैनी खेल्न पल्केका हुन्छन् ।एक शिक्षकले भने यो घरमा बाबाले तास खेलेको देखेर उसले सिकेको हो।
आफ्ना बालबच्चालाई बिदाको दिन केही काममा ब्यस्त नगराउने हो भनी उनीहरु कुलततर्फ फस्ने गरेको पाइन्छ।सम्बन्धित अभिभावकको ध्यान आफ्नो बालबालिकाको हेरचाहमा जाओस भन्ने कसको सोच नरहला त…।