सरस्वती पुजा दिन आफ्नो राशिफल हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । काम रोकिनुका साथै मान सम्मानमा आघात पुग्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सोचेको समयमा सम्पादन गर्न नसकिएला । आत्मीय जनसँग असमझदारी वा मनमोटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसंग झगडा हुन सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । काम लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान पुर्याउनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रेम प्रसङ्ग अघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । निको भइसकेको रोगले पुन सताउने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ ।

newskiran.com

newskiran.com

You May Also Like