खलासीका कारण यात्रु झुन्डिए

ललितपुरको लगनखेल ढुङ्गिन रुटमा चल्ने यातायातमा सिट भन्दा बढी यात्रु संख्या राखेर चलाउने गरेपछि यात्रुहरु झुन्डिएर यात्रा गर्न थालेका छन्।

यातायातको साधनमा झुन्डिदै यात्रु
न्युजकिरण डटकम

गाडीमा सिट फुल भएपछि भेडाबाख्रा झैं कोचेर यात्रु ओसारपसार गरिएको एक यात्रुको गुनासो रहेको छ।उनले भने गाडी भरिएपछि डन्डी समाएर भित्र बस्नु पर्दा यात्रुलाई सकस भएको छ।दुईलान सिट बाहेक खाँदेर यात्रु राख्छन् जसले लाष्ट सिटमा बस्नेलाई झर्न गाह्रो हुने गर्छ।

अधिकांश सो रुटमा बालक खलासी राखेर यातायातका साधन चलाइन्छ।खलासीको ब्यवहार पनि त्यति राम्रो नपाइएको उनले गुनासो गरे।त्यसो त प्राय: सबै रुटमा सिट बाहेकका यात्रु ओसारपसार कुनै नौलो विषय नभएको एक यातायात व्यवसायीले बताए।

newskiran.com

newskiran.com

You May Also Like