गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिराहाको मिर्चैया अवस्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
गृहकार्य नगरेको निहुँमा सिरहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक यादवलाई ती शिक्षकले कुटपिट गरी हात भाँचिदिएको आरोप छ।आरोपित शिक्षक पाठशाला स्कुलका ताराबहादुर कार्की हुन्।उनलाई प्रहरीले पक्राउ गरेको हो ।
कुटपिटबाट रितिकको बायाँ हात भाँचिएकाले शिक्षक कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिएको राससले बताएको छ।
Share this: