विदेशिनु भन्दा बाख्रा पाल्नु वेश:थापा

विदेशिनु भन्दा बाख्रा पाल्नु वेशको उखानलाई चरितार्थ गराउन
बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरले बोयर जातको बाख्रापालन गरेका छन् । व्यवस्थित रुपमा बाख्रापालन व्यवसाय सुरु गरेका थापाले फर्म पनि दर्ता गरेका छन्। content/uploads/2020/01/nar-bhadur-thapa-768×512.jpg
इराकमा पाँचवर्ष काम गरेर नेपाल फर्केका ३९ वर्षीय थापा बाख्रापालन व्यवसाय गर्दा सुरुताका पहिला खरिजातका बाख्रा पालेका र दुईवर्ष अगाडिबाट बोयर बाख्रा पाल्न थालेका छन् ।

व्यवस्थित खोर निर्माण गरेर अहिले गोठमा ४१ बाख्रा पालिसकेका थापाले भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रबाट ४ लाख पचास हजार रुपैयाँ अनुदान ल्याएर आधुनिक खोर निर्माण पनि गरेका छन् ।

स्वदेशमै बाख्रापालन व्यवसायले सुरुवात गरेपछि परिवारको मुहार पनि फेरिन थालेको र अनुहारमा खुसी छाएको थापाको महसुस छ।विदेशमा दुःख गर्नुभन्दा आगामी दिनमा आफ्नो देशको व्यवसायलाई अझै बिस्तार गर्ने योजना बनाएको उनले बताए । समय समयमा बेनी नगरपालिका र वडाबाट पनि सेवा सुविधा पाउने गरेको उनले भनाई छ।उनले १५ /२० वर्ष सम्म खाली रहेको जमिनलाई समेत सदुपयोग गरेर घाँस रोपेका छन् भन्ने खबर नवविकल्प अनलाइन न्युजले प्रकाशित गरेको छ ।

newskiran.com

newskiran.com

You May Also Like