१३ गते सोमबारको तपाईको राशिफल हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गम स्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । मुखलाई नियन्त्रणमा राख्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य झगडा पनि हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हाकिम, माता पिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हाँस खेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ ।

newskiran.com

newskiran.com

You May Also Like