अग्नि सापकोटा सभामुख बने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य तथा सांसद अग्‍नि सापकोटा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन। आइतवार प्रतिनिधसभाको बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई सभामुख निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

बैठकको अध्यक्षता गरिरहेका ठाकुरले एकल उम्मेदवारी परेको सापकोटाको नाम प्रस्ताव र समर्थन गर्न समय दिएपछि नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले सभामुखमा सापकोटाको नाम प्रस्ताव गरेका थिए। नेम्बाङको प्रस्तावमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले सभामुखका लागि सापकोटाको नाममा समर्थन जनाए भने नेकपाकी सांसद ओनसरी घर्तीले सापकोटाको नाममा समर्थन जनाएकी थिइन्।
प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवम् राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण थिए। यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठ्कले आइतबारका लागि निर्वाचनको मिति तय गरेको थियो। त्यस दिनको बैठ्कमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामाबारे बैठ्कलाई जानकारी गराएका थिए।
सभामुख कृष्णबहादुर महरा महिला दुर्व्यवहारको विवादमा परेर गत असोज १५ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

newskiran.com

newskiran.com

You May Also Like