प्रिबोर्ड परीक्षा शान्त र मर्यादित: मल्ल

ललितपुर महालक्ष्मी नगर प्याब्सनले लिएको एसइई प्रिबोर्डको परीक्षाको चौथो दिन शान्त र मर्यादित वातावरणमा भइरहेको छ। महालक्ष्मी नगरका दिव्य ज्योती, नमुना र हाइभ्युमा सेन्टर राखिएको नगर प्याब्सन अध्यक्ष कैलाश कुमार मल्लले न्युज किरण डटकमलाई जानकारी दिएका छन्।

नमुना स्कुल लुभुमा माउन्ट ओलिभ,बालकुञ्ज,नमुना,भ्याली,
कोपिला,अनन्त,नवकुञ्ज,विद्यापुञ्ज र फ्युचर स्टारका विद्यार्थीहरुले परीक्षा दिइरहेका छन्।

परीक्षालाई मर्यादित बनाउन प्रत्येक कक्षामा दुई जनाका दरले गार्ड राखिएको छ भने एक केन्द्राध्यक्ष र एक सहायक केन्द्राध्यक्ष खटाइएको छ।
माघ सात गते सुरु भएको परीक्षा शान्त र मर्यादित भइरहेको केन्द्राध्यक्ष रिता श्रेष्ठले बताइन्। कापी जाँच्ने काम पनि परीक्षा सँगसँगै भइरहेको छ‌।कापी बाँच्नको लागि स्कुलको सिफारिस लेटर लिएर आउन सबै मातहतका स्कुललाई चिठी पठाइएको छ।

कापी जाँच्नेले कुन कुनै एक विषयको मात्र कापी जाँच्ने पाउने र कम्तीमा सम्बन्धित विषयमा स्नातक वा स्नातकोत्तर गरेको हुनुपर्ने प्रावधान राखिएको केन्द्राध्यक्षले रिताले बताएकी छिन्।

रनिङ गार्ड विष्णु विकिरणले न्युज किरणलाई दिएको जानकारी अनुसार एसइई प्रिबोर्ड एस इई जतिकै कडा अनुशासनमा भइरहेको छ।

newskiran.com

newskiran.com

You May Also Like