माइक्रोबस दुर्घटनामा १ को मृत्यु दश घाइते

बलवीर भुजेल
वीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका –२ स्थित ढुङग्रेभञ्ज्याङमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

झापाबाट काठमाडौं जाँदै गरेको बा ४ ख ६९६ बस तीव्र गतीका कारण दुर्घटना भएको प्रहरीले जनाएकाे हो। दुर्घनामा चालक एवम् सवारी धनी काठमाडौं महानगरपालिकाका ३८ वर्षीय मोहन मर्हजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका नायव प्रहरी उपरीक्षक श्याम खत्रीले जानकारी दिएका छन् ।

उनले दुर्घटनामा १० जना भन्दा बढी घाइते भएको र उनीहरुको उद्धार गरी उपचारका लागि अस्पताल पठाउने काम भइरहेकाे उपरीक्षक खत्रीले न्युज किरण डटकम अनलाइनलाई जानकारी गराए । माइक्रोबस सडकभन्दा ३० मिटर तल खसेको छ।

newskiran.com

newskiran.com

You May Also Like