तामाङ समुदायले सोनाम ल्होछार पर्व शनिबार टुँडिखेलमा हर्षोल्लासका साथ मनाएका छन् ।मञ्जुश्री पात्रो अनुसार आजदेखि सुँगुर वर्ष विदा भइ मुसा वर्ष प्रारम्भ भएको छ । पात्रो शुरु भएको आज २८५६औँ वर्ष पूरा भएको हो ।
ल्हो अर्थात नव वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना गरिने प्राचीन पद्धति ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिन्छ।ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक एवम् साँस्कृतिक पर्व भएाले हरेक वर्ष माघ शुक्ल प्रतिपदा दिन मनाइन्छ।साथै ख्रेला छेपा गिकका दिन ।
मनाइने पनि भनिन्छ।
शुक्रबारबाट नै ल्होछार शुरु भए पनि मुख्य दिन हो ।शनिबार घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन गरिन्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तामाङ समुदायको सोनाम ल्होछारले विश्वशान्ति र भ्रातृत्व प्रवर्द्धनमा मदत गर्ने विश्वास व्यक्त गरिएको छ।यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा नेपालको धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताइएको छ ।
ल्होछारको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना दिँदै वर्तमान सरकार समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राखेर अघि बढेको र यस यात्रामा देशका सबै जातजाति, धर्म र सम्प्रदायको योगदान अपेक्षित रहेको बताइएको छ ।