भ्रष्ट्रचारमा डेनमार्क जिरो नेपाल हिरो

भ्रष्ट्रचारको विश्वव्यापी सूचकांङ्कमा नेपाल १ सय १३ औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको सीपीआई २०१९ को सर्वेक्षण रिपोर्टले नेपाल भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांङ्कको १ सय १३ औँ स्थानमा रहेको देखाएको थियो ।

सन् २०१८ मा नेपाल ३१ अंक सहित १ सय २४ औ स्थान रहेको नेपालले सन् २०१९ मा ३ अंक बढी प्राप्त गरि ३४ अंकमा रहन सफल थियो।त्यसैगरी सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अहिले नेपाल २० औ स्थानमा परेको छ । १ सय ८० देश मध्ये ९ अंक प्राप्त गरि सोमालिया सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकमा रहेको छ भने ८९ अंक प्राप्त गरि डेनमार्क सबै भन्दा कम भ्रष्टाचार हुने मुलुकमा पर्न सफल भएको छ । भ्रष्टाचार अवधारणा सूचकांङ्क गणना गर्दा १ सय अंकले अति स्वच्छ र ० ले अति भ्रष्टाचार रहेको जनाउँने गर्दछ ।

newskiran.com

newskiran.com

You May Also Like