काभ्रेको रोशी गाउँपालिकाले सोनाम ल्होछारका अवसरमा यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिएको छ ।
सार्बजनिक बिदा दिने सम्बन्धमा गाउँपालिका अध्यक्ष दलबहादुर लामाका बताएका छन्।उनका अनुसार ल्होछारका अवसरमा गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न साङ्गीतिक कार्यक्रम समेत आयोजना गरिने छ ।
विभिन्न चाड पर्वहरुलाई रमाइलो तथा उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय बिदा दिइएको हो ।सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक बिदा दिने गरिएकाले अहिले पनि बिदा दिने निर्णय गरिएको हो ।