जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रविसे नगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको छ। प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले अर्को व्यवस्था नभएसम्म आजविहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म कर्फ्यु आदेश अर्को आदेश अर्को व्यवस्था जारी नभएसम्म रहने उल्लेख छ ।
नगरपालिकाले वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काइ दिएपछि आक्रोशित बनेका सडक अतिक्रमणकारीहरुले बजार क्षेत्रमा नारा जुलुस गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए।नगरपालिका कार्यालयमा रहेका केही गमलासमेत भीडले फुटाइदिएको प्रशासनबाट जानकारी गराइएको छ।
पूर्वमा बाह्रविसे बजारबाट ३०० मिटर पूर्व, पश्चिममा भोटेकोशी खोला (राम्चे पुल), उत्तरमा इलाका प्रहरी कार्यालय बाह्रविसे नपा ४ र दक्षिमा बाह्रविसे बजारबाट पिस्कर÷क्षमादेवी जानेबाटोको सुनकोशी चोकसम्म कर्फ्यु रहेको जानकारी गराएको छ ।