नेपालमा आत्महत्या बढ्दो

ऋणले तनाव दिएपछि धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट एक दम्पती २ नाबालक छोरासहित त्रिशुली नदीमा हाम्फालेका छन् ।

बिहीबार साँझ काठमाडौं चद्रागिरीका विनय लामिछाने र जमुना रेग्मी लामिछाने ६ महिना र २ वर्षका छोराहरुलाई साथैमा लिएर त्रिशुली नदीमा हाम फालेका थिए ।

नदीमा हाम्फालेका उनीहरुमध्ये विनयलाई जीवितै उद्दार गरिएको थियो। श्रीमतीको भने मृत्युपश्चात उद्धार भएको छ भने दुई नाबालक छोरा अझै बेपत्ता रहेकाले उनीहरुको खोजी भइरहेको धादिङ प्रहरी स्रोत बताउँछ।

त्रिशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय, धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन्।

जीवितै उद्दार गरिएका विनयलाई इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित आदमघाटस्थित ससुराली जान भनेर काठमाडौंबाट हिँडेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा विनयले बिजिनेस घाटामा गएपछि परिवारसहित आत्महत्या गर्ने योजना बनाएको हुनसक्ने अनुमान छ ।

सांकेतिक तस्बीर

त्यस्तै कोहलपुर नगरपालिकाका कृष्ण खड्काले बैंकको ऋण तिर्न नसकेर आत्म हत्या गरेका थिए।उनले बैंकबाट लिएको ऋण उठाउन ताकेता गरेपछि सुसाइड नोट लेखी आत्म हत्या गरेको थिए।

newskiran.com

newskiran.com

You May Also Like