लामो केक विश्व रेकर्डमा भारतको

विश्वकै सबैभन्दा लामो केक भारतको केरलामा बनाएर नयाँ विश्व रेकर्ड कायम भएको छ । १५ सय जना वेकर र सेफहरु मिलेर ४ घण्टाको समय लगाएर बनाएको उक्त केक ६.५ किलोमटिर लामो छ ।गत बुधबार यो केकको निर्माणसँगै यसअघि चीनले राखेको ३.२ किलोमिटर लामो फ्रुट केकको रेकर्ड पनि तोडिएको छ ।

उक्त केक हज्जारौं टेबल र डेस्कहरु जोडेर त्यसमाथि बनाइएको थियो । त्यस दौरानमा वेकर र सेफहरुले सेतो टी सर्ट र एप्रोन लगाएका थिए । त्यो कके बनाउनका लागि करिब १२ हजार किलोग्राम शक्कर र आटा प्रयोग भएको थियो।

वैकर्स एसोसिएसन केरलाले सो केक बनाएको हो । एसोसिएसनका सचिव नौसादका अनुसार गिनीज वल्र्ड रेकर्डस्ले त्यो केक नाप्दा त्यसको लम्बाई करिब ६५०० मिटर लामो थियो । अहिलेसम्म गिनीजले त्यसलाई आधिकारिक रुपमा प्रमाणित चाहिँ गरिसकेको छैन ।

नौसादले गिनीजले त्यो कुरालाई प्रमाणित गर्दै चाँडै प्रमाणत्र दिने आशा राखेका छन् । उनले विश्वलाई आफूहरुको कौशल देखाउन सो केक बनाइएको र त्यो बनाउने क्रममा स्वाद, गुणस्तर र सरसफाइलाई पूरै ख्याल गरिएको पनि बताएका छन् ।

स्मरण रहोस्, सन् २०१८ मा चीनका बेकर इन जिझीले ३.२ किलोमिटर लामो केक बनाएर संसारकै सबैभन्दा ठूलो केकको उपाधि हासिल गरेका थिए भन्ने खबर नयाँ नेपाल अनलाइनमा प्रकाशित छ।

newskiran.com

newskiran.com

You May Also Like