विश्वका होचा व्यक्ति खगेन्द्रको निधन

विश्वका होचा व्यक्तिको विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको शुक्रबार निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि खगेन्द्रको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो।

थापालाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा राखिएका थापाको शुक्रबार दिउँसो ३ बजे निधन भएको हो ।

थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् ।५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च उचाइ भएका थापामगरले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ मा नाम लेखाउन सफल हुनुभएका थिए।

बाग्लुङ धुल्लुवासकोट-६ का खगेन्द्र थापामगर २०४९ साल असोज १८ गते जन्मिँएका थिए।उनी जन्मदा उनको तौल छ सय ग्राम मात्र थियो भने हाल उनको तौल ५ दशमलव ५ किलोग्राम रहेको थियो ।

newskiran.com

newskiran.com

You May Also Like