शनिबार पछिसम्म मौसमी प्रभाव जारी

मौसम पूर्वानुमान महाशाखाद्वारा शुक्रवार पूरै दिनभर मौसम बदली रहने र पानी पर्ने तथा रोकिने क्रम जारी रहने जनाइएको छ । महाशाखाका अनुसार शनिवार पनि मौसममा सुधार नआउने देखिएको छ भने छर्लङ्ग घाम चाहिँ देख्नु मुस्किल हुनेछ ।

मौसमविद राजु प्रधानाङ्गले जाडो अवधिभर पश्चिमी न्यून चापीय प्रणालीको हालीमुहाली हुने भएका कारण जुनसुकै बेला मौसम विग्रन सक्ने सम्झावना रहने बताए । उनका अनुसार शुक्रवार भन्दा शनिवार सुधार देखिएपनि पूर्ण रुपमा सुधार आउन अझै समय लाग्ने छ ।

अहिले पश्चिमी क्षेत्रमा प्रश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुँदै गएको र मध्य र पूर्वी क्षेत्रमा कायमै रहेको मौसमविदले बताएका छन् । काडमाडौं उपत्यकासहित मध्य र पूर्वका अधिकांश ठाउँमा शुक्रवार दिनभर मौसम बदली रहने र पानी पर्ने छ ।

newskiran.com

newskiran.com

You May Also Like