स्वयम्भूबाट नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । एक लाख रुपैयाँ बराबरको नक्कली नोटसहित गोरखाको गोरखा नगरपालिका–३ धारापानी घर भइ काठमाडौं नागार्जुन नगरपालिका–८ भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापा पक्राउ परेका हुन ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले थापालाई स्वयम्भूमा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिए। थापाको साथबाट एक लाख (एक हजार दरका १०० थान) नक्कली नोट बरामद भएको छ ।