विश्वकै ठूलो(लामो) लिंग भएका मानिस मेक्सीकोको साल्टिलोका ५५ वर्षे रोबर्टो, लम्बाई १८ १८ इन्च

विश्वकै सबैभन्दा ठूलो लिंग भएका मानिसका रुपमा मेक्सीकोको साल्टिलोका ५५ वर्षे रोबर्टो हुन । तर उनलाई अपांगका रुपमा दर्ता गरिएको छ । ठूलो लिंगकै कारण उनी आफ्नो लुगा लगाउन सक्दैनन र झुकेर बस्न पनि सक्दैनन् । रोबर्टो स्क्वीभल काब्रेराको लिंगको नाप नै १८ इन्चको छ । उनको लिंगले उनको घुँडासम्म छुन्छ । रोबर्टोले आफ्नो लिंगको आकार ठूलो हुँदा एक समय पोर्न फिल्ममा जान पनि चाहेका थिए । ठूलो लिंग हुँदा उनलाई फाइदा पनि भएको छ । रोबर्टो भन्छन्, ‘झुकेर बस्न नसक्ने र कार्यालय पोसाक लगाउँदा लिंगले अवरोध पुर्याउने हुँदा मलाई कसैले काममा बोलाउँदैन । काम नगरी यत्तिकै बस्न मज्जा हुन्छ आइरहेको छ पनि ।

रोबर्टोले अमेरिकी अभिनेता जोनाह फाल्कनको नाममा रहेको सबैभन्दा ठूलो लिंगको कीर्तिमानलाई तोडिसकेका छन् । फाल्कनको लिंगको अकार साढे नौ इन्च लामो र उत्तेजित हुँदा साढे तेह्र इन्च लामो थियो । ठूलो लिंग हुँदा खुसी मनाउन भने पाएका छैनन रोबर्टोले । उनको ठूलो लिंगकै कारण पिसाब नलीमा पिसाब बसिरहने हुँदा उनलाई स्वास्थ्यमा समस्या दिएको छ । अर्को समस्या भनेको सुत्दाको समय हो । उनी घोप्टो परेर सुत्न पाउँदैनन् । सुत्दाको बखत समस्या आउने हुँदा उनले लिंगलाई ब्यान्डेजले बेरेर सुत्ने गरेका छन् ।