हत्या गरेको आरोपमा ओखलढुङ्गामा एकजना पक्राउ

हत्या गरेको आरोपमा ओखलढुङ्गामा एकजना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका ८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाल हुन ।उनले छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेका थिए । हत्या आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान उनीहरु बीच सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कँदै गरेका अधिकारीलाई कटुवालले धकेल्दा लडेर उनी घाइते भएका थिए ।
गम्भीर घाइते अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा अस्पताल पु¥याउना साथ उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए अनुसार घटनाबारे अनुसन्धान अघि बढेको छ ।