दुई किलो खुर्सानी खाने मान्छे

दिनमा करिब साँढे दुई किलो खुर्सानी खाने यी व्यक्ति चीनको झेंगझोउमा बस्ने योंग्झीलाई स्थानियले ‘चीली किंग’ नामले बोलाउने गर्छन् ।

योंग्झीले आफ्नो घरमा खुर्सानीको धेरै थरिका जातका बिरुवा रोप्ने गर्छन् । उनले आफ्नो इच्छानुसारको खुर्सानीको विरुवा रोपेको १० वर्ष पुगेको छ । अन्य मानिसहरु बिहान उठेर ब्रश गर्ने गर्छन तर उनले खुर्सानी खाएर दिनको शुरुवात गर्छन् ।
यो कुनै सुपरपावर जस्तो नभई सामान्य व्यक्ति भएको योंग्झीले बताए। आफूलाई अत्यधिक मन परेकाले खाएको पनि जनाएका छन् । उनको शरीरको सम्पूर्ण जाँच गरेर हेर्दा जाँचमा सबै सामान्य भएको पाइएको छ ।

newskiran.com

newskiran.com

You May Also Like