नगर प्याब्सन सभा भब्य र सभ्य

महालक्ष्मी नगर प्याब्सनको प्रथम साधारणसभा सभा लुभु पार्टी प्यालेसमा भब्य र सभ्यताका साथ सम्पन्न भएको छ।सभामा स्रटा सम्मान र प्याब्सन निर्देशिका समेत पारित गरिएको छ।
अध्यक्ष केके मल्लको सभापतित्वमा सम्पन्न सभामा


केन्द्रिय प्याब्सनका केन्द्रिय बक्ताकारुपमा केन्द्र प्याब्सनका सचिब शिव कार्किले राज्यले निजि बिद्यालयको योगदानलाई कदर गर्दै सरकार अगाडि बढ्नु पर्ने धारणा राख्नु भयोभने प्रमुख अतिथी राधेकृस्न महर्जनले प्याब्सनको निति नियम नमान्ने सदस्य बिद्यालयलाई कार्बाही गरिने केन्द्रिय प्याब्सनको नीति बमोजिम अनिवार्य रुपमा लागि पर्ने बताउनु भयो ।

सुरुमा नजरअन्दाज गरिए जस्तो नभएर महालक्ष्मी नगर प्याब्सनले जिल्लाका तीनवटा पालिका मध्य यो पालिकाले उत्कृष्ट रुपमा कार्यक्रमहरु सन्चालन गरेकाले महालक्ष्मी नगरपालिकालाई बधाई तथा धन्यबाद दिदै आगामी दिनहरुमा पनि यसरीनै अगाडि बढ्ने छ भन्ने कामना व्यक्त गर्नु भयो।

कार्यक्रममा सस्थाका उपाध्यक्ष आरबि गिरिले स्वागत भासण गर्नु भएको थियो भने सचिव एकराज कोइरालाले निर्वाचित भएर यहाँ सम्म पुग्दा गरेका थुप्रै कार्यक्रमको बारेमा प्रतिबेदन पेस गर्नु भएको थियो। यस्तै सस्थाको आर्थिक बारे प्रतिबेदन कोषाध्क्ष रिशा श्रेष्ठले गर्नु भएको थियो। दुबै प्रतिबेदन उपर छल्फल हुदा परिमार्जन सहित दुबै प्रतिबेदन भेलाले पास गरेको थियो।
सभामा अध्यक्षले यस बर्ष देखि नगर प्याब्सनले थुप्रै कार्यक्रम हरु ल्याएको र सोही बमोजिम शिक्षामा लामो समय देखि निजि लगानी गरेर सेवा गर्दै आउनु भएका ब्याक्तित्व लाई नगर प्याब्सन दिर्घ सेवा सम्मान पदकले बिभुसित गर्ने कार्यक्रम सुरु गरेको र जस अन्तर्गत बालकुन्ज स्कुलका सस्थापक प्रिन्सिपल बालचन्द्र बोगटीलाई सम्मान गरिसकिएको र यो साधर सभामा थप अन्य केही बिधामा सम्मान गर्ने घोषणा अन्तर्गत गौरवासाली तथा पर्तिभा सम्मान पुरस्कार अन्तर्गत गौरवसाली तथा प्रतिभा सम्मान पुरस्कार- २०७६ ले महालक्ष्मी नपा सिद्धिपुरमा जन्मनु भएकी कल्पना महर्जनले सन्सारको अग्लो शिखर सगरमाथाको नेपाल तर्फको दक्षिणी मोहोडाबाट र चीन तर्फको उत्तरी मोहोडाबाट एकै तिथि मिति पारेर बिश्व रेकर्ड कायम गर्दै सफल आरोहन गर्नु भकोमा सम्मान गरिएको छ।
यस्तै भर्खरै दक्षिण एशियाली खेल्कुद प्रतियोगिता जो नेपालमा सम्म्पन्न भएको थियो त्यसमा सिङ्गो नेपालको प्रतिनिधित्व गर्दै gold medal दिलाउनु हुने महालक्ष्मी नपा टिकाथली बस्ने निमा घर्ती मगरलाई प्रथम महालक्ष्मी नगर प्याब्सन खेलकुद प्रतिभा सम्मान पुरस्कार – २०७६ ले नगद सहित बिभुसित गरिएको छ।

सम्मान तथा पुरस्कार ग्रहन पछि सम्मानित दुबै ब्याक्तित्व बाट आज हामी जो छौ बाल्यकाल देखिनै अझ भनौ बिद्यालय देखिनै खेलकुद लगायत सहासिक कार्यमा सम्लग्न नभएको भए आजको सफलता प्राप्त गर्ने कुरा सम्भावना कम रहेको आसय व्यक्त गर्नु भयो।यदि बिद्यालय र बाल्यकाल देखिनै सहासिक कार्य र खेलकुदमा सहभागी गराएमा रास्ट्रले प्रत्यक क्षेत्रमा अनुकरणीय योगदान दिन सक्ने उहाहरु जस्ता अरु थुप्रै चेलिहरुले सगरमाथाको सफल आरोहण गर्दै बिश्व रेकर्ड बनाउने देखि थुप्रै खेलाडीले थुप्रै अन्तरास्ट्रिय प्रतिस्पर्धामा मेडलहरु दिलाउन सफल हुनेछन तर बिद्यालय बाट न हिजो त्यो वातावरण बनाइयो न आज बनाइएको छ । खेलकुदमा लाग्ने अनि सहासिक कार्यमा जुट्ने हामीले जे समस्या भोगियो अब कसैले त्यो भोग्न नपरोस भनी उहाहरुले कुरा राख्नु भयो। अतिरिक्त क्रियाकलापमा लगाउदा पढाई सङ्सङ्गै सिकाईको उपलब्धी झन राम्रो हुने अनुभव दुबै जनाले बताउनु भयो।
पालिकाको प्रथम सम्मेलनले निर्वाचित गरिसके पछि आफ्ना जिम्मेवारी पूरा गर्ने तर्फ रातदिन लागिरहेको कुरा सभानायक सभापती नगर अध्यक्ष के के मल्लले जनाउदै आगामी दिनहरुमा केहि योजनाहरु छलफलमा राख्दै पारित गर्नका लागि फ्लोरमा राखेकोमा गड्गडाट रुपमा ताली बजाउदै पारित गरिएको थियो। अध्यक्षद्वारा प्रस्तुत र पारित योजानाहरुका केही अम्सहरु मध्य नगर प्याब्सनको जग्गा तथा भवनको लागि seed money fund स्थापना; नगर प्याब्सन आर्थिक सबलिकरणका लागि book project अन्तर्गत CMaths र स्थानिय


पाठयक्रमलाई साथै रितिरिवाज कला सस्कृतिलाई र परम्परालाई ध्यान दिदै Social Study दुई विष नगर भरका बिद्यालयमा एक रुपता गर्ने; कक्षा ५ देखि ७ सम्म नगर प्याब्सनले परीक्षा चलाउने ; दैबिप्रकोप राहत कोष; शैक्षिक सहकारी सन्चालन ;संयुक्त मोडल स्कुल सन्चालन जसको सुरुवात मण्टेश्वरी स्कूल बाट गर्ने। जिल्ला प्याब्सनमा आधारित भएर नगरपालिकाको आफ्नै क्यालेन्डर जसमा कम्तिमा लामा बिदाहरु जस्तै winter vacation ; dashain holidays ; summer vacation र नयाँ शैक्षिक सत्रको सुरुवातमा एकरुपता गरिएको ; नगरपालिका तथा स्थानिय अनि सम्बन्धि निकाए सङ्ग सुमधुर सम्बन्ध निर्मान गर्दै आवस्यकता अनुसारको अडान अनि लचकता प्रस्तुत गरिने छ।

newskiran.com

newskiran.com

You May Also Like