तामाकोशी नदी किनारामा भेटियो शव, पोष्ट मार्टम पछि राखियो अस्पतालको शव गृहमा

रामेछाप सदरमुकाम मन्थली स्थित तामाकोसी नदीको किनारामा एक महिलाको शव फेला परेको छ । मंगलबार मन्थली नगरपालिका वडा नं.११ स्थित तामाकोशी नदीको किनारमा महिलाको शव फेला परेको हो ।

नामथर,वतन नखुलेको अन्दाजी ६० वर्षकी महिलाको शव नदीको किनारामा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रहरी कार्यालय रामेछापबाट प्रहरी नायब उपरीक्षक होम बहादुर पराजुलीको कमाण्डमा ५ जना प्रहरीको टोली घटनास्थल पुगेर मुचुल्का पश्चात शव पोष्ट्मार्टमका लागि मन्थली अस्पतालको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ । यो समाचार रामेछाप न्युजमा प्रकाशित छ ।