आज कृष्णाष्टमी हर्षोल्लासका साथ मनाइदै, सरकारले दियो सार्वजनिक बिदा

श्रीकृष्ण जन्माष्टमी पर्वका कारण सरकारले देशभर सार्वजनिक दिएको छ । द्वापरयुगमा बिष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।

देशभरिका कृष्ण मन्दिरमा पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन चल्दै आएको छ ।

पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लागेको छ ।

श्रीकृष्ण प्रणामी धर्म मान्नेहरुले काठमाडौंको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका स्थानमा भब्य धार्मिक कार्यक्रमको आयोजना गरिरहेका छन् ।