प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा 5 संगठन

माेहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट जनपत्रकार संगठन नेपाल, नेकपा मसाल निकट प्रगतिशील पत्रकार संघ, समाजवादी पार्टीनिकट नेपाल प्रेस नेपाल र मधेसी पत्रकार समाज सूचना सम्बन्धी विधेयकका विरुद्ध एक ठाँउ उभिएर संघर्ष थाल्ने भएका छन् ।

सोमबार काठमाडौंमा ५ पत्रकार संगठनको संयुक्त बैठक बसेर सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कदम योजनाबद्ध ढंगले अगाडि बढाएको निष्कर्ष निकाल्दै चरणबद्ध आन्दोलनमा जानुपर्ने निष्कर्षमा पुगेका हुन् ।
विधेयकमा उल्लेख गरिएका कतिपय दफाले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार पूर्ण रुपमा बञ्चित गर्ने मनसायले

ल्याउन लागिएको विभिन्न संगठनहरुको ठहर छ ।
बैठ्कपछि उनीहरुका ५ पत्रकार संगठनले संयुक्त वक्तव्य जारी गर्दै सरकारले ल्याएको विधेयक तत्काल फिर्ता गर्न माग गरे।

क्रान्तिकारी पत्रकार महांसघका अध्यक्ष इन्द्र राउत, जनपत्रकार संगठन, नेपालका अध्यक्ष प्रकाश डुम्रे, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, प्रेस नेपालका अध्यक्ष केशव अर्याल, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहद्वारा हस्ताक्षरित संयुक्त वक्तव्यमा नागरिक स्वतन्त्रता विरोधी विधेयकको विरुद्धमा राजनीति दल, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी, कानुनी व्यवसायी, मानवअधिकारकर्मी सबैलाई एकजुट भएर आवाज उठाउन अनुरोध समेत गरिएको छ ।

newskiran.com

newskiran.com

You May Also Like