संगीतकारहरुले बुझ्ने रत्यौली गीत काँठे क्षेत्रको पहिचान बनेको कति समय भयो त्यो लोक साहित्यका सर्जकहरुलाई थाहा नहोला।
तर,हालै लोकगीतबाट हाम्रो कला संस्कृति र काठे गीत सङीतको संरक्षण अभियान थालिएको छ ।यसका लागि”काँठे क्षेत्रको कला र सस्कृति अनि हरेक नेपालीको सान हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ” भन्ने मुल नारा सहित :राष्ष्ट्रिय काठे लोक दोहोरी महोत्सव २०७६ आयोजना हुने भएको छ ।
फागुनको १६ गते देखि २० गते सम्म चल्ने यो महोत्सव समयमा बागमती प्रदेश तथा उपत्यका सेरोफेरोमा रहेका जिल्लाहरुमा प्रचलित विविध लोक तथा दोहोरी भाकाहरु घन्कने छ्न्। विविध सास्कृतिक गतिविधिहरु पनि रहने छन् । यो कार्यक्रमको संयोजन कलाकारद्वय नमराज ढुङना र माधब थापाले गर्ने बताइएको छ ।