रुइतेक्टोमीका प्रवर्तक तथा एन्ट्राओकुलरका आविष्कारक अनि वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतलाई जगदीश घिमिरे स्मृति पुरस्कार प्रदान गरिएको छ । जगदीश घिमिरे प्रतिष्ठानले साहित्यकार स्वर्गीय घिमिरेको जन्मथलो रामेछापको मन्थलीमा सोमबार आयोजित एक कार्यक्रममा रुइतलाई नगद र सम्मानपत्र सहित सम्मान गरेको छ।
मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले रुइतलाई सम्मानपत्र सहित ५१ हजार नगद पुरस्कार हस्तान्तरण गरे।पुरस्कार ग्रहण गर्दै डा. रुइतले स्वर्गीय घिमिरेको अगुवाईमा तिलगंगा आंँखा केन्द्रले फड्को मारेको बताए।
अन्तर्मनको यात्रा कृति मार्फत मदन पुरस्कार पाएका स्वर्गीय घिमिरेले समाजसेवा, साहित्य र अन्य समसामयिक विषयमा दिएको विशेष योगदान पुर्याएका थिए।घिमिरे हड्डीमा लागेको क्यान्सर रोगसँग नौ वर्ष लडेर देहावसान गरेका डा. रुइतले स्मरण गरे।