ललितपुर कुसुन्तिमा रहेको आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु जोशीलाई जबरजस्ती करणी आरोपमा प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ।यो खबर महानगरीय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता डिएसपी सन्तोष तामाङले मिडियालाई जानकारी गराएका हुन्।
पाष्टर जोशीले आशा चर्चकै एक महिलालाई ललितपुर महानगरपालिका चापागाउँमोडको एक गेष्ट हाउसको कोठामा बोलाई करणी गरेपछि ती महिलाले दिएको जाहेरीमा उल्लेख सो विषय उल्लेख थियो ।
आफ्नो रोगहरु चर्चमा गए पश्चात् निको हुन्छ भन्ने बिश्वास दिलाई चर्चमा प्रार्थना गर्न जाने सिलसिलामा जोशी पास्टरले तिमीले नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो।रोगको पाप मेटाउनको लागि तिमीले मसँग शारीरिक सम्पर्क गर्नुपर्छ भनि पाष्टरले बलात्कार गरेको पिडित महिलाले बताएकी थिइन् ।
मैले तिमीलाई शारिरीक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा परमेश्वरले दिएको शक्ति नास भएर जान्छ’,जोशीले भनेको स्मरण गर्दै पिडित महिलाले भनेकी थिइन्, ‘कसैलाई भनेमा तिमीलाई जे पनि गर्छु भनेर पनि उनले धम्की दिएका थिए।’
पाष्टर जोशीले दोस्रो पटक पीडित महिलाले सञ्चालन गरेको पसलमा आई जबरजस्ती करणी गर्न खोज्दा अस्विकार गर्दा बेइजत गरिदिने धम्की दिएर बलात्कार गरेको बताएकी छिन् । ‘तिमीले मसँग पहिला पनि शारीरिक सम्पर्क गरिसकेकी छौ, तिम्रो परिवार तथा साथीभाइलाई चर्चमा हल्ला गरी दिन्छु भनी डरत्रासमा पारी पुनः सोही पसलको कोठामा जबरजस्ती करणी गर्यो’ भन्ने पिडित महिलाले गुनासोलाई दैनिकी न्युजमा खबर छापिएको छ।