महालक्ष्मी नगर प्याब्सन अध्यक्षको सम्बोधन

nullललितपुर जिल्ला अन्तर्गत महालक्ष्मी नगरका प्याब्सन अध्यक्ष के के मल्लले सोमबार सम्बोधन गरेको प्रतिवेदन अंशः

निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (PABSON) महालक्ष्मी नगरको प्रथम नगर साधारण सभामा उपस्थित सम्पूर्ण सस्थापक, निर्देशक, प्रिन्सिपल तथा प्रतिनिधि साथीहरु न्यानो अभिवादन ब्यक्त गर्न चाहन्छु।

महालक्ष्मी नगर प्याब्सनको प्रथम नगर अधिवेशनबाट सर्बसम्मत रुपले निर्वाचित यस कार्यसमितिले गरेका कार्यहरु आगामी दिनहरुमा हामीले राखेका सोचहरु साथै अन्य समसामयिक क्रियाकलापहरु सहित यो प्रतिवेदनको तयार गर्दै प्रकाश पार्ने जमर्को गरेका छौं।

निजी लगानी मार्फत शिक्षाको माध्यमबाट समाज साथै राष्ट्रको विकासमा योगदान पुर्याउने मुल मर्मका साथ स्थापित संस्थागत विद्यालयहरुको स्थायित्व; निरन्तरता अनि लगाीको सुरक्षाको ग्यारेन्टी गर्नुका साथै शिक्षक शिक्षिकाहरुका हकहितमा ध्यान दिदै अभिभावक अनि विद्यार्थीहरुको चाहना बमोजिम
र समयको मागलाई समेत मध्यनजर गर्दै युग सुहाउँदो सीप अनि क्षमतामा आधारित वैज्ञानिक व्यवहारिक शिक्षा प्रदान गर्दै विश्वको जुनसुकै ठाउमा पनि प्रतिस्पर्धा गर्न सक्ने देशप्रेमी दक्ष जनशक्ति उत्पादन गर्न सक्ने विद्यालयहरुलाई स्थानीय सरकार अनि प्रदेश सरकार साथै केन्द्र सरकारले शैक्षिक विकासको साझेदारको रुपमा लिनु आजको आवश्यकता हो भन्ने हाम्रो ठम्याइ छ।

विभिन्न खाले कर लगायत अन्य प्रशासनिक झन्झट बाट मुक्त बनाउदै सहज रुपमा सस्थागत बिद्यालयहरु सन्चालन गर्न दिन छुट्टै निजि बिद्यालय एेन अनि कार्यबिधी बनाएर सस्थागत बिद्यालय सन्चालन गर्ने वातावरण भएमा अझै यस नगरपालिकाको शैक्षिक उपलब्धि बढ्ने कुरामा दुइमत नहोला।
शैक्षिक उपलब्धिका हिसाबले यस नगरपालिकामा सन्चालित सस्थागत विद्यालयको २०७५ सालको मूल्यांकन अनुसार उत्कृष्ट नतिजा रहेको कुरा दिनको घामझैं छर्लङ्गै छ। यदि नगरपालिका स्थानीय सरकारले सहकार्य गरेको प्रक्रियालाई अझै सशक्तरुपमा अगाडि बढाएको खण्डमा यहाँको शैक्षिक उपलब्धी देशकै नमुनाका रुपमा स्थापित हुने ग्यारेन्टी गर्न सकिन्छ।
जसले यस नगरपालिकाको शिरलाई नै अझ थप उचाई प्रदान गर्दछ। विगत जस्तो भए पनि एकाध कुराहरुलाई छोडेर अहिले पछिल्लो पटक आएर नगरपालिकाले यहा सञ्चालित निजी विद्यालयहरुसङ्ग गरेको सहकार्यले हामी सञ्चालकलाई थप उर्जा प्रदान गरेको छ।
राजधानी भित्रको प्रमुख सहरसँग जोडिएको नगरपालिका भए पनि पूर्वमा विकट भूगोल समेटिएको यस नगरपालिका भित्रका संस्थागत विद्यालयहरुको एकता सहकार्य अनि हातेमालोले यस नगर प्याब्सनलाई देशकै उदाहरणका रुपमा प्रस्तुत गर्न लायकको बनाएको छ। यो एक बर्षको कार्यकालमा भएका ऐतिहासिक उपलब्धिको श्रेय सस्थाका आदरणीय सन्चालक ; प्रिन्सिपल ; मिहिनेती कर्मठशिक्षक; बिद्यार्थि अनि अभिभावक र विभिन्न सङ्गठका नेतृत्व साथै राजनितिक दलका अग्रज र बुद्धिजीवी समाजसेवी मित्रहरु साथै यस कार्य समितिका साथीहरुलाई जान्छ।
यस पालिकामा संञ्चालित सबै खालका विद्यालयको संरक्षण र विकास गर्नु प्याब्सनको कर्तब्य हो । लामो इतिहास बोकेको यो प्याब्सनको आफ्नै गौरवमय गाथा छ; जसको श्री वृद्धि गर्नु हामी सबैको दायित्व हो। २०४७ सालमा प्याब्सनको स्थापना पछि सस्थालाई यो स्थान सम्म ल्याइ पुर्याउन थुप्रै आदरणीयहरुको रगत पसिना बगिसकेको छ।

अग्रजको मिहेनतले सृर्जित यो सस्थाको महिमालाई थप गरिमामय बनाउन हजुरहरुले दिएको जिम्मेवारीलाई सदैब सिरोपर गर्दै आइरहेका छौ र अझ थप अगाडि बढाउने प्रती बद्द्ता गर्दछौ।
आफना भावी कार्क्रममा सुझाव प्रसस्तुत गर्नु अगाडी सम्पुर्ण सदस्य बिद्यालका साथिहरुले हामीलाई आर्थिक भौतिक अनि नैतिक जो सहयोग गर्नु भयो। यसका लागि यो कार्य समिती धन्यबाद दिदै भबिस्यमा पनि यस्तै सहयोग तथा मार्गनिर्देशनको अपेक्षा गर्दछ।

महालक्ष्मी नगर प्याब्सनको नगर भेला देखि अतुलनीय सहयोग अनि मार्ग दिशानिर्देसन गर्ने ललितपुर प्याब्सन प्रमुख सल्लाहकार शिव कार्की ; नगर मेयर रामेश्वर श्रेष्ठ ; उपमेयर निर्मला थापा; नगर कारकारी निर्देसक; नगर शिक्षाइकाई प्रमुख रामबन्धु सर सुनिता म्याम ; समाजसेवी तथा शिक्षक महासङ्घका केन्द्रिय अध्यक्ष बाबुराम थापा; शिक्षक महासङ्घ अध्यक्ष मीन सर ; ललितपुर प्याब्सनका अध्यक्ष राधेकृस्न महर्जन जिला उपाध्यक्ष तारा प्रशाद खनाल ; केन्द्रिय सद्स रत्न महर्जन नगर शिक्षा समिती सदस्य आदरणीय गोपाल प्रसाद घिमिरे पुर्ब अध्यक्ष/ सम्योजक हरु हालका जिल्ला कोसाध्यक्ष सुन्दर श्रेष्ठ साथै प्रमुख सल्लाहकार प्रेरणा खरेल म्याम लागायत यस पालिकामा क्रियाशील सम्पूर्ण पेशागत संगठन; अभिभावक संघ नगर शिक्षा समिती लगाएत सम्पूर्ण सरोकारवाला प्रती हार्दिक धन्यवाद ब्यक्त गर्दछु।

सुरु गरेका कार्यहरु :
१) नगर प्याब्सन दीर्घ सेवा सम्मान –
२) नगरपालिकामा जन्मेर उत्कृष्टता हासिल गर्दै यो भेग अनि देशलाई बिश्व सामु चिनाउन सफल ब्याक्तित्वलाई विभिन्न सम्मान अनि पुरस्कार।

newskiran.com

newskiran.com

You May Also Like