आदिवासी जनजातीको अधिकार पुनर्बहाली गरिने


नेवा राष्ट्रिय मुक्ति मोर्चाले जनयुद्ध र ०६२÷०६३ को जनआन्दोलन, मधेश आन्दोलनले प्राप्त गरेको अधिकार अनि आदिवासी जनजाति आन्दोलनको मर्म र भावनामाथि वर्तमान सरकारको हेर्ने दृष्टिकोण गलत रहेको आरोप लगाएका छन्।
मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले यो सरकारले आदिवासी जनजातिको अधिकार खोसेकोमा सशक्त आन्दोलन मार्फत अधिकार पुनर्बहाली गरिने बताएका छन्।

माइतीघर मण्डलामा नेवाः राष्ट्रिय मुक्ति मोर्चा र ताम्सालीङ राष्ट्रिय मुक्ति मोर्चाले गरेको संयुक्त विरोध सभा कार्यक्रममा उनीहरुले सरकारको कडा विरोध गरेका हुन् ।

आइतबार भएको विरोधसभालाई अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, ताम्सालीङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष फुर्नाम्गेल मोक्तान लगायतका नेताहरुले विरोध भाषण मार्फत सम्बोधन गरेका थिए ।


विरोध सभामा आदिवासी जनजातिको अधिकार यो सरकारले खोस्दै गएकोमा अब सडक संघर्ष बाट अधिकार पुनर्बहाली गरिने भनेका छन्। संचालक खगेन्द्र छन्त्याल रहेको कार्यक्रममा वर्तमान सरकार विरुद्ध चर्का नाराबाजी चलेका थिए ।

newskiran.com

newskiran.com

You May Also Like