महालक्ष्मी नगर प्याब्सनको भेला पौष 28 मा

महालक्ष्मी नगर प्याब्सनको नगर भेला प्याब्सन जिल्ला अध्यक्षको उपस्थितिमा पौष 28गते हुने भएको छ।नगर संयोजक/अध्यक्ष के के मल्लका अनुसार नगर भेलामा सम्पूर्ण स्कुलका प्रतिनिधिलाई सो दिन उपस्थित हुन र आफ्नो राय सुझाव दिन अनुरोध गरिएको न्युजकिरण डटकम न्युजलाई खबर प्राप्त भएको छ।

अनुरोध तथा जानकारी सम्बन्धमा

प्याब्सन ललितपुरका आदरणीय जिल्ला कार्य समितिका सम्पूर्ण अग्रजहरु:
महानगर प्याब्सनका आदरणीय अध्यक्ष, उपाध्यक्ष, सचिब तथा पदाधिकारीज्यूहरु साथै गोदावरी नगर प्याब्सनका अध्यक्ष लगायत पदाधिकारीज्यूहरु र यस महालक्ष्मी नगर प्याब्सनका सम्पूर्ण सदस्य विद्यालयहरुका आदरणीय प्रिन्सिपल/ डाइरेक्टर तथा सेर होल्डर साथीहरु:

महालक्ष्मी नगर प्याब्सनको नगर भेला निम्न मिति, स्थान र समयमा प्याब्सन ललितपुरका आदरणीय अध्यक्षको प्रमुख आतिथ्यतामा हुने भएकाले हजुरको गरिमामय उपस्थितका लागि हार्दिक अनुरोध गर्दछौं।

मिति: २०७६/९/२८ गते
स्थान: लुभू पार्टी प्यालेस
समय: १२:३० बजे

#पहिलो सेसन :

– दर्ता; उद्घाटन तथा सम्मान
(क) महालक्ष्मी नगरपालिकाकी चेली कल्पना ज्यु जस्ले सगरमाथाको दक्षिणी तथा उत्तरी मोहोडाबाट सफल आरोहण गर्दै बिश्व रेकर्ड बनाउदै बिश्वमै नेपाल र यस नगरपालिकाको नाम फैलाउन सफल भएकोमा नगद सहित सम्मान गर्ने।
(ख) दक्षिण यसियाली गेम( SAG) सागमा यस महालक्ष्मी नगरपालिका भित्र बसोबास गर्दै उसु तर्फ Gold medal दिलाउँदै यस भेगको नाम देश बिदेशमा फैलाउन सफल भएकोमा नगद सहित सम्मान।
दोस्रो सेसन :

— बन्द सत्र

तेस्रो सेसन:

महालक्ष्मी प्याब्सन परिवार
नोट :(क) दर्ता शुल्क : रु ५०० प्रति ब्यक्ति/ नवीकरण कक्षा ८ सम्म प्रति बर्ष रु २०००/ र मा वि कक्षा १२ सम्म प्रति बर्ष रु ३०००/लाग्ने कुरा अवगत गराउदै सम्पूर्ण सदस्य विद्यालयले नगरमै नवीकरण गर्नु हुन जानकारी गराउदछौ।
(ख) हाल नगरपालिका भित्र खुल्ने वा कक्षा थप गर्नका लागि नजिकका बिद्यालयको सहमती पत्र लिनका लागि कुनै कुरा आएमा यस नगर प्याब्सनको सल्लाह साथै सहमति बिना नदिन हुन पनि सम्पूर्ण सदस्य विद्यालयलाई अनुरोधका साथ जानकारी गराउँदछौ। थप जाकारीको लागि नगर प्याब्सन सचिव एकराज कोइराला सरको 9841450876 मा सम्पर्क गर्न अनुरोध छ।

newskiran.com

newskiran.com

You May Also Like