हामी संबिधान मान्दैनौं : गजुरेल

नेकपा क्रान्तिकारी माओवादीका नेता तथा देजमोका अध्यक्ष सिपी गजुरेलले आफ्नो पार्टीले संविधान नमान्ने बताएका छन्।नेवा राष्ट्रिय मुक्ति मोर्चाको 3 नं प्रदेश सम्मेलनमा बोल्दै गजुरेलले
आफ्नो पार्टीले संविधान नमान्ने भन्दै जनतालाई भने सो बारे बुझाउन नसकिएको तर्क गरेका छन्। यो सरकार प्रतिक्रियावादी सरकार हो भनेर हामीले पहिलै भन्यौं।सिमा मिचिएको छ भनेर अफिस अफिसमा नक्सा देखायौं । नामाकरण सहितको प्रदेश माग गर्यौं,गुठी विधेयक सम्बन्धी आफ्नो धारणा राख्यौं तर कसैले हाम्रो कुरा सुन्दै सुन्दैन्।

गजुरेलले पन्ध्र सालमा कांग्रेसको जीत हुँदा यही जनताले दिप प्रज्वलन गरेका थिए भने सत्रसालमा शाही कुहुँदा पनि फेरि त्यही जनताले नै दीप प्रज्ज्वलन गरेको प्रसंग कार्यक्रममा भने।सरकारका उपप्रधान मन्त्री भेट्न बोलाउने र बिचबाटोमा ठोक्ने सरकारलाई उनले प्रतिक्रियावादीको सरकार भनेका छन्।

newskiran.com

newskiran.com

You May Also Like