गगन थापाले गरे मन्त्रीको खन्डन


काँग्रेसका युवा नेता गगन थापाले सूचना प्रविधि तथा सञ्चार मन्त्री बास्कोटाले गगन थापाले विधेयक नपढेरै बोलेको भनेर लगाएको आरोपको खण्डन गरेका छन् ।

बास्कोटाको आरोपको प्रतिवाद गर्दै नेता थापाले भने‘म विधेयक नपढीकन आएको होइन, पढेर बुझेरै आएको हो । नपढिकन आयो भन्ने, हाीलाई हेप्ने’ भन्दै बास्कोटाकै शैलीमा प्रश्न गरे । सरकारले ल्याएको सुचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले बिहिवार माइतीघरमा राखेको कार्यक्रममा थापाले भनेका हुन् ।

कार्यक्रममा नेता थापाले सञ्चारमन्त्री बास्कोटा सँग यो विधेयकको बिषयमा छलफल गर्न समेत आफू तयार रहेको उल्लेख गर्दै ‘विधेयकमा छलफल कहाँ गर्ने ?’ संसदमा, सिंहदरबारमा, माइतीघरमा वा बास्कोटाको कार्यालय धुम्बाराहीमा छलफल गर्ने ? भन्दै प्रश्न तेर्साएका थिए।

विधेयकले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर दण्डित गर्ने व्यवस्था गरेको भन्दै सर्बत विरोध भइरहेको छ। विधेयकमार्फत सरकारले समाजिक सञ्जालमा पनि अंकुश लगाउन खोजेको भन्दै विभिन्न क्षेत्रबाट पनि विरोध प्रदर्शन भइरहेको छ।

newskiran.com

newskiran.com

You May Also Like