बालेनको सिडिओ सँग चासो श्रीमती चढेको गाडी किन रोकेको

काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बलेन) ले आफ्नी श्रीमती चढेको गाडी चेकजाँचका लागि प्रहरीले रोकेको विषयमा काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सँग कुरा गरेका छन् ।

बालेन पत्नी सवार गाडी कोटेश्वरका नियमिच जेकचाँजका क्रममा केही समय रोकिएको विषयलाई लिएर सामाजिक सञ्जाल भाइरल बनेको थियो ।बालेनको एक फेसबुक आइडी मार्फत मार्फत सिंहदरबार जलाउने धम्की समेत त्यसमा लेखिएको छ । काठमाडौं मेयर बालेनले काठमाडौंका प्रजिअ बस्नेतलाई टेलिफोन गरी बा काठमाण्डु महानगरपालिकाका कुनै पनि गाडी ट्राफिक प्रहरीले रोक्न नमिल्ने समेत जिकिर गरेका थिए ।

बस्नेतले प्रहरीले को कताको नभनी सबैलाई आवश्यक चेकजाँच र सोधपुछ गर्न सक्ने भनेका छन् । थप आक्रोशित हुँदै आफ्नी श्रीमती चढेको गाडी रोक्न नमिल्ने तर्क बालेनले दिए ।उनले भने ‘महानगरको गाडी ट्राफिकले रोक्न मिल्दैन । झन् मेयर र मेयरको परिवार चढेको गाडी त प्रहरीले रोक्नै मिल्दैन’, उनले भने । प्रजिज बस्नेतले के भएको रहेछ बुझेर खबर गर्ने जवाफ दिए ।

। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले सडकमा चेकजाँच हुँदा वा शंका लाग्दा जसको गाडी पनि प्रहरीले रोक्न र सोधपुछ गर्न सक्ने बताए । उनका अनुसा सरकारी बिदाका दिन गाडी चलाउँदा अनुमति लिएको छ कि छैन भनेर सामान्य सोधपुछ मात्र भएको थियो ।

‘गाडीमा को हिंडेको हुन्छ भन्ने प्रहरीलाई थाहा हुँदैन । जुन सुकै ओहोदामा भएको वा ओहोदामा भएकाहरुको परिवारका सदस्य चढेको गाडी जाँच गर्न मिल्दैन भने अरुलाई चाहिं किन गर्ने भन्ने हुन्छ नि’, उनले भने ।
महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन) पत्नी सबिना काफ्ले सवार गाडी ट्राफिक प्रहरीले चेकजाँचका क्रममा जम्मा ३० देखि ४५ सेकेण्ड मात्र होल्ड गराएको कोटेश्वर ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।केही ट्राफिक प्रहरी चिट काटेर आफूलाई एकातर्फ इमान्दारिता पूर्वक काम गरेको देखाउने र अर्कोतर्फ ग्रुप कमिसनको प्रभावमा परेर रातारात सो समूहले आर्थिक चमत्कार समेत गर्ने गरेको पाइएको छ ।आफ्नो स्वैच्छिक वा माथिल्लो निर्देशनमा बहकिदा ट्राफिक प्रहरीको कमजोरी नै पब्लिकले देखाउन के बेर ?