बाइसे चौबीसे राज्यकाई एकीकरण गर्दै गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाह चर्चित राजा बनेका थिए।उनको २९७ औं जन्मजयन्ती पुस २७ गते गोरखा जिल्लाका ४ स्थानीय तहले मनाउने भएपछि सार्वजनिक बिदा दिइएको छ । सदरमुकामसमेत रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।
पृथ्वीनारायण शाहले राज्यविस्तार गरी नेपाल एकीकरण गरेकाले उनको कदर स्वरुप बिदा दिइएको स्थानीय तहहरुले बताएका छन् । केही स्थानीय तहहरुले भने बिदा दिनुका साथै पृथ्वीजयन्तीमा विभिन्न कार्यक्रम पनि राखेको बताएका छन् ।