नेकपा क्रान्तिकारी माओवादीका नेता तथा देजमोका अध्यक्ष सिपी गजुरेलले नेपालमा अर्बौँका भ्रष्टाचार र अनियमितता भएको बताएका छन्। अन्तर्राष्ट्रिय रुपमै नेपालको बद्नाम हुन पुगेको उनले एक कार्यक्रममा भनेका छन्।
अर्बौंको भ्रष्टाचार हुने गरेको फेहरिस्त प्रस्तुत गर्दै उनले भने,“नेपालमा अहिले भ्रष्टाचार मौलाउन थालेको छ ।विगतमा अहिले जस्तो यति धेरै र खुलम्मखुला भ्रष्टार कहिल्यै भएको थिएन ।”
पैसा नखुवाई कुनै पनि सरकारी काम नहुने गरेको गजुरेलले भनाई छ। सामान्य खरिदारदेखि सरकारका मन्त्री समेतले जनताको काम गरेवापत पैसा खाने गर्छन् ।
वाइडबढीमा ४ अर्ब ३६ करोड, एनसेलमा १७ अर्ब, टेलिकममा १२ अर्ब लगायत अर्बौंको भ्रष्टाचार गरेर नेपालकै बद्नाम अहिले नेताहरुबाट गरिएको छ। समाजवाद उन्मुख संविधान र व्यवस्थाको हल्ला गरेर पुँजीवादी मुलुकहरुले गरेझैँ शिक्षा क्षेत्रलाई निजीकरण र माफियाकरण गरेको आरोप छ
।
क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले चलाएको एक हप्ते तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा गजुरेलले नेता तथा मन्त्रीहरुको आलोचना गरेका हुन्।
गजुरेल ५१ वर्षअघि त्रिचन्द्र कलेजबाटै राजनीति सुरु गरेको स्मरण गर्दै आफू कसरी कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा लागेँ र विद्यार्थीहरुले किन प्रतिक्रियावादी राज्यव्यवस्थाका विरुद्ध सही र क्रान्तिकारी राजनीति गर्न आवश्यक रहेको बताएका थिए।
नेपालमा हरेक परिवर्तनको आन्दोलनमा विद्यार्थीहरुले खेलेको भूमिका अग्रणी, ऐतिहासिक र गौरवशाली रहेको चर्चा गर्दै वर्तमान पुस्ताले इतिहासबाट पाठ सिक्दै आन्दोलनलाई बढाउन भूमिका खेल्नुपर्ने अहिलेको आवश्यकता रहेको विद्यार्थीमाझ बोलेका थिए ।