तात्कालीन राज्यसत्ता विरुद्ध धावा बोलेको भन्दै विगत सरकारले १० लाख रुपैयाँ टाउकाको मोल तोकेको लामिछानेको ह्रदयघातले मृत्य भएको छ। सत्तारुढ नेकपाका केन्द्रिय सदस्य गुप्त हमालका अनुसार हाल उनी समाजवादी पार्टीमा आवद्ध थिए।
राजनीतिका यात्राका चारदशकसम्म आन्दोलनमा होमिएका नेता लामिछाने बोल्कट साथै जनयुद्धका सक्षम नेतृत्वकर्ता रुपमा चिनिन्थे।
हृदयघातका कारण निधन हुन पुगेका लामिछाने राजनीतिक रुपमा निडर नेताको छवि बनाउनुका साथै कुशल नेतृत्व, सामाजिक भावना र वर्गिय आन्दोलनमा कट्टर नेताका रुपमा चिनिदै आएको राजनीतिक सहकर्मीहरुको बुझाई रहेको छ ।
सहकारी महासंघको साधारण सभामा जानेक्रममा गाडीमा अचानक बेहोस भएको र बानेश्वर स्थित सिभिल अस्पतालले मृत घोषणा गरेको थियो ।
पारिवारिक स्रोतका अनुसार मृतक लामिछानेको शव पो्ष्ट मार्टमको लागि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको न्युकिरण अनलाइन खबरलाई जानकारी प्राप्त भएको छ। वि.स् २०२५/२/१० गते जन्मेका लामिछानेका एक छोरा,३ छोरी र श्रीमती छन् ।