मनासलु जिल्लामा नमुना सहकारी बन्दै

च्याउसरी खोलिएका सहकारीले कतिको गाउँटोल सहर विकासमा टेवा पुर्याउन सफल भएका छन् भन्न गाह्रो परिरहेको बेला सिद्धिपुरमा मनासलु नामक सहकारी टोलमा नमुना सहकारी बन्दै गरेको सुनिएको छ।
मनासलु बहुउद्देश्यीय सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा हालै भब्यताकासाथ सम्पन्न भएको छ । साधारण सभामा यसैवर्ष मृत्यु भएका सहकारी संस्थाका सकृय शेयर सदस्यहरूको कार्यक्रम सुरू हुनासाथ मृत्यु श्रद्धांजलि अर्पण सहित १ मिनट मौनधारण गरिएको थियो ।

वार्षिक साधारण सभाको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के. बी. उप्रेतीले पानसमा दिप प्रज्वलित गरेर गरेर गरेका थिए । उप्रेतीले मनासलु बहुउद्देश्यीय सहकारी संस्था ललितपुर जिल्लामा एक चर्चित सहकारीको परिचय दिन सफल बन्ने र आगामी दिनमा राष्ट्रकै नमुना सहकारीको रूपमा परिचित हुनेमा आफूँ विश्वस्त रहेको बताए ।सहकारी संस्थाका अध्यक्ष राजेन्द्र पौडेलले विभिन्न देशमा गई सहकारी सम्बन्धी तालिम लिएको र सहकारीको प्रशिक्षक समेत रहेकाले सम्पुर्ण शेयर सदस्यहरूलाई यस संस्थामा ढुक्कसाथ कारोबार गर्न आग्रह गरे।

बाल बचत गरेका र एस. ई. ई. मा उत्कृष्ट अङ्क ल्याएका शेयर सदस्यका छोराछोरीहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । त्यस्तै,संस्थाको तर्फबाट सांस्कृतिक जगेर्णामा लामो समय लागि परेको भन्दै बैठक भजन खललाई सांस्कृतिक बाजागाजा समेत प्रदान गरिएको थियो ।

वार्षिक साधारण सभाको सभापतित्त्व संस्थाका अध्यक्ष राजेन्द्र पौडेलले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सदस्य दुर्गामान महर्जनले गरेका थिए ।

newskiran.com

newskiran.com

You May Also Like