गाडीमा गीत बजाए जरिवाना

फाइल फोटो

अबदेखि सार्वजनिक यातायातका साधनमा गीत बजाउन नपाइने नियम बनेको छ। गीत बजाएकै कारणले दुर्घटना बढ्दै गएको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक सूचना समेत गर्न लागेको छ।म्युजिक सिस्टम नराख्न निर्देशन दिंदै सवारीसाधनको क्याविनमा सजाइएका सामान र म्युजिक सिस्टम राखेमा विभागले कारबाही गर्न बताएको छ। म्युजिकमा चालकको ध्यान जाँदा धेरै गाडी दुर्घटना हुने गरेको विभिन्न अध्यायनले देखाएपछि म्युजिक सिस्टम नराख्न अनुरोध गरेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताएका छन्।

गीत यातायातका साधनमा बजाउँदा र परिवर्तन गर्दा चालकको ध्यान सवारीबाट बाहिर गएर दुर्घटना हुने सम्भावना धेरै हुने गरेको छ।नियम लागू गरिएपछि सवारी दुर्घटना न्युनिकरण हुने र सवारीसाधनमा बज्ने गीतसंगीत मात्र नभई अगाडी सिसामा सजाइएका झल्लर, लेस लगायतका सजावट सामग्री समेत नराख्न निर्देशन दिइएको हमालले बताए।

सार्वजनिक गाडीमा अनावश्यक फोटो, स्टिकर नटाँस्न र साहित्य नलेख्न पनि विभागले निर्देशन गरेको हो। यसलाई प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित यातायात समितिका कार्यालय र ट्राफिक प्रहरीलाई पत्राचार गरिसकेको र निर्देशन कार्यान्वयन नगर्ने गाडी चालकलाई सवारी जाँचपास दिइन्न।

अहिले यो नियम सार्वजनिक गाडीमा मात्रै लागू हुने र केही समयपछि निजी सवारीसाधानमा पनि नियम लागु गरिने तयारी भएको छ। चालकले जुत्ता नलगाई सवारी चलाए कारबाही गर्ने विभागले बताएको छ।चप्पल लगाएर गाडी चलाउँदा दुर्घटना बढी हुने भएकाले अनिवार्य जुत्ता लगाएर गाडी चलाउन महानिर्देशकको भनाइ छ। विभागको निर्देशन कार्यान्वयन नगर्ने चालकलाई पाँच सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना गरिने पनि भनेको छ।

newskiran.com

newskiran.com

You May Also Like