नेपाल सरकारले मानवीकि संकाय पढेका युवाहरुलाई बेरोजगार बनाएको तथ्य खुलेको छ।अघिल्लो वर्ष लोक सेवा आयोग मार्फत शिक्षक सेवामा नाम निकाल्ने हरु अधिकांश साइन्स,एजुकेसन र कमर्स ब्याक ग्राउन्डको भएको शिक्षाविदको बुझाइ रहेको छ।विषयगत रुपमा हेर्दा सबै फ्याकिलिटि पढेकाहरु आवश्यक हुन्छन् तर एजुकेसन पढेकाहरुलाई मात्र सरकारी कोटामा नियुक्ति दिएर नेपाली विषय पढेका मानवीकि संकायका स्नातक वा डिग्री गरेकाहरुलाई अपहेलना गरिएको बुझिन्छ।
पौषपाँच गते काठमाडौंमा भएको एक कार्यक्रममा अधिकांश पढेलेखेका युवाहरु आफ्नो पढाइ प्रतिको वितृष्णा जगाइरहेका थिए।नेपाल सरकारले ल्याएको प्राविधिक तथा व्यावसायिक शिक्षा माथि सो कार्यक्रममा बहस चलेको थियो।