कतिपय अफिस गेटमा लेखिएका राजनीति कोटेसन हेर्दा त्यो अफिस हो वा राजनीति कार्यकर्ता भेटघाट कार्यालय हो कि जस्तो भान हुन्छ।आजभोलि राजनीति कार्यकर्ता बिना न कुनैकाम बन्छ न पैसा कमाउने आधार बन्छ।
यो कोटेसन के साँचो बोल्छ त।यो ललितपुरको एक सरकारी कार्यालयको हो।विगतमा कर्मचारी सरुवा र बढुवा गरेर भनौँ नियुक्ति समेतमा राजनीति चल्ने गरेपनि हाल त्यस्तो हल्ला सुन्न समेत यहाँ पाइन्न।
जागिर खाइएको छ क्यारे भन्ने र सधै राजनीतिक पार्टीका झोले कार्यकर्ता सदस्य बनेर हिंडेका शिक्षक कर्मचारीहरुलाई चित्रमा रहेको नारा वा भनाई कत्तिको प्रेरणादायी बन्ला त।
तपाईंले ललितपुर जिल्ला शिक्षा कार्यालय छिर्ने ढोकामा यो लेखेको देख्न सक्नु हुन्छ।