फेरि भूकम्पको धक्का महशुस

सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर विहीबार साँझ भूकम्प ४.८ रेक्टरको भूकम्प गएको छ ।साँझ ७ बजेर ११ मिनेटमा भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि महशुस भएको थियो ।

भूकम्पको धक्का पछि केहीबेर मानिसहरु घर बाहिर निस्किएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रले यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको पराकम्पन भएको भनेको छ । गत मंसिर ११ मै सिन्धुपाल्चोक फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रेक्टर स्केलको भूकम्प गइसकेको छ।

newskiran.com

newskiran.com

You May Also Like